९ माघ, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर-२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उनेपाबाट उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी फिर्ता लिएका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेका छन् ।
दुलेगौंडा स्थित रास्वपा पार्टी कार्यालयमा पुगेर गुरुङले अब रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने बताएका हुन् ।
‘मेरो उम्मेदवारी कायम रहदाँ फेरी उही पार्टीले जित्ने सम्भावना देखियो,’ उनले अनलाइनखबरसँग भने, ‘मैले परिवर्तन लागि चालेको कदममा समेत यो निर्णय उचित हुनेछ ।’
गुरुङले उम्मेदवारी फिर्ता र रास्वपालाई समर्थन गर्ने निर्णय नितान्त व्यक्तिगत भएको समेत खुलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4