+
+
Shares

सल्यानमा राईको उम्मेदवारी फिर्ता

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ माघ ९ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तोषकुमार राईले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन्।
  • उनीले नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहलाई समर्थन गर्ने निर्णय गरेका छन्।
  • राईले २०४६ सालदेखि २७ वर्षसम्म नेकपा एमाले पार्टी निर्माणमा संलग्न रहेर भूमिका खेलेको उल्लेख गर्दै पार्टीमा फिर्ता भएको घोषणा गरेका छन्।

९ माघ, सल्यान । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सन्तोषकुमार राईले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर शुक्रबार राईले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी तथा बुद्धिजीवीसँग परामर्श गरेपछि उम्मेदवारी फिर्ताको निर्णयमा पुगेको विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा उनले नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

२०४६ सालदेखि २७ वर्षसम्म आफू नेकपा एमाले पार्टी निर्माणमा संलग्न रही महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राईले भनेका छन्, ‘अब औपचारिक रूपमा पार्टीमा फिर्ता भएको घोषणा गर्दछु ।’

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?