९ माघ, खोटाङ । खोटाङका दुई स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न पाएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका डा. राजकुमार राई र तिलकचन्द्र राईले चुनाव चिह्न पाएका हुन् ।
राजकुमारलाई मुढा र तिलकचन्द्रलाई कैंची चुनाव चिह्न प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए ।
आसन्न निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्र सहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
चुनावी मैदानमा उत्रिएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको सहायक निर्वाचन अधिकृत मण्डलले बताए ।
खोटाङमा नेकपा एमालेका देवविक्रम राई, नेपाली कांग्रेसका वीरकाजी राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरि रोका, श्रम संस्कृति पार्टीका आरेन राई, रास्वपाका रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीका मिरेस राईको उम्मेदवारी कायम छ ।
यस्तै, जसपाका राकेश राई, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाथोकी, जसपा नेपालका सुनिल चाम्लिङ, राप्रपाका दीपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राई, नेमकिपाका ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालका केशरमान चाम्लिङको उम्मेदवारी कायम रहेको छ ।
प्रतिक्रिया 4