१० माघ, जुम्ला । जुम्लामा हिमपात भएको छ । मध्यरातिदेखि हिमपात भएको हो । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । यसपटकको हिमपात आज माघ १० गते भएको छ ।
जुम्लामा अहिले हिउँ आईरहेको छ । हिउँ परेपछि किसान खुसी भएका छन् । हिउँदेवाली सुकिरहेको बेला हिउँ परेपछि बालीनालीका लागि राहात भएको छ । कनकासुन्दरी गाउँपालिका वडानम्बर-२ का किसान रतन रावतले हिउँ परेर हिउँदे बाली जोगिएको बताए । किसान गोपाल रोकायाले किसानका लागि यो हिउँ नभई चाँदी सरह रहेको बताए ।
जुम्लाको तापक्रम माईनस डिग्री छ । हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ ।
-नेत्रशाहीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4