News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक मनोज पण्डितले पर्वत जिल्लाको महाशिलाबाट फिल्म 'ग्रेट' को छायांकन सुरु गरेका छन्।
- अभिनेत्री शोभिता सिम्खडाले 'ग्रेट' बाट लामो समयपछि फिल्म क्षेत्रमा पुनरागमन गरेकी छन्।
- मनोज पण्डितले निर्देशनसँगै फिल्ममा अभिनय पनि गर्नेछन् र सोफिया थापाले निर्माण गर्दैछिन्।
काठमाडौं । निर्देशक मनोज पण्डितले आगामी निर्देशकीय फिल्म ‘ग्रेट’ को छायांकन थालेका छन् । श्रीपञ्चमीको अवसरमा उनले पर्वत जिल्लाको ऐतिहासिक एवं पर्यटकीय थलो महाशिलाबाट छायांकन सुरु गरेका हुन् ।
छायांकनअघि महाशिलामा शुभसाइत पूजा समेत गरियो । महाशिलालाई एसियाकै सबैभन्दा ठूलो शिलाका रूपमा लिइन्छ । युधिष्ठिर सरस्वती क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
यो फिल्मबाट अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिम्खडाले लामो समयपछि फिल्ममा पुनरागमन गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘दाग’ सन् २००० मा रिलिज भएको थियो । त्यसअघि उनले ८ फिल्ममा अभिनय गरेकी थिइन् ।
एक समयकी चर्चित अभिनेत्री सिम्खडा लामो झन्डै दुई दशक फिल्म क्षेत्रबाट टाढिएर पूर्णरुपमा ओशोको आध्यात्मिक साधनामा तल्लीन थिइन् ।
फिल्ममा पुनरागमनबारे सिम्खडा भन्छिन्, ‘मैले अभिनयबाट विश्राम लिएर अध्यात्मको बाटो रोजेको थिएँ । ‘ग्रेट’ को कथावस्तु र यसले बोक्ने आध्यात्मिक चेतना मेरो वर्तमान जीवनशैलीसँग निकै नजिक छ । त्यसैले यो चलचित्र मेरो लागि केवल अभिनय मात्र नभएर एक साधना पनि हो ।’
फिल्ममा विशाल पोखरेल, देवेन्द्र नेपाल, अग्रिम पण्डित, रिश्ता बस्नेत, दीपक भट्टराई र टङ्क चौलागाईंले अभिनय गर्दैछिन् । पर्दा पछाडि बसेर कलाकारलाई निर्देशन गर्ने मनोज पण्डित स्वयम् यसपटक पर्दामा एउटा विशेष भूमिकामा देखिनेछन् । फिल्म अभिनयमा पण्डितको समेत डेब्यू हुनेछ ।
विवेक लामाले छायाङ्कन गरिरहेको यस फिल्मलाई गायिका सोफिया थापाले निर्माण गर्दै छिन् ।
प्रतिक्रिया 4