११ माघ, काठमाडौ । नेकपा एमालेले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ ।
‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ अपिलमा भनिएको छ ।
नेताहरूका अनुसार एमालेको यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । ‘पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै होइन, आम मतदातालाई पनि हो,’ प्रचार विभाग संयोजक मीनबहादुर शाहीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4