+

बंगलादेशको स्थानमा स्कटल्यान्ड आउँदा नेपाललाई कति सहज ?

२०८२ माघ  ११ गते १४:११ २०८२ माघ ११ गते १४:११
बंगलादेशको स्थानमा स्कटल्यान्ड आउँदा नेपाललाई कति सहज ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले बंगलादेशलाई टी-२० विश्वकप २०२६ को समूह \'सी\' बाट हटाएर स्कटल्यान्डलाई समावेश गरेको छ।
  • बंगलादेश क्रिकेट बोर्डले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई विश्वकपमा सहभागी नगराउने निर्णय गरेको थियो।
  • नेपालले अब समूह \'सी\' मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

११ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को समूह ‘सी’ मा रहेको बंगलादेशलाई आईसीसीले विश्वकपमा समावेश नगरेपछि स्कटल्यान्डले खेल्ने निश्चित भइसकेको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको थियो ।

बीसीबीले निरन्तर आफ्नो अडान कायमै राख्दा आईसीसीले पनि बंगलादेशको मागबमोजिम खेल भारतबाहिर सार्न सम्भव नरहेको बताउँदै आएको थियो । फलस्वरुप बंगलादेशले विश्वकप नै नखेल्ने अवस्था सिर्जना भएको थियो ।

यो समूहमा नेपाली टोली पनि रहेकाले नेपालले खेल्ने प्रतिद्वन्द्वी पनि परिवर्तन भएको छ । अब नेपालले बंगलादेशको सट्टामा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल र स्कटल्यान्डबीचको खेल फेब्रुअरी १७ मा मुम्बईस्थित वाङ्खडे स्टेडियममा हुनेछ ।

फरक के छ ?

बंगलादेश टेस्ट राष्ट्र हो भने स्कटल्यान्ड नेपालजस्तै एसोसियट राष्ट्र हो । आईसीसी वरियतामा बंगलादेश शीर्ष ८ भित्रै रहेको छ भने स्कटल्यान्ड १४औं स्थानमा छ । नेपाल १७औं स्थानमा छ ।

समूह ‘सी’ मा नेपाल र स्कटल्यान्डपछि अर्को एसोसियट राष्ट्र इटली पनि रहेको छ । इटलीले नै युरोपियन छनोटमा स्कटल्यान्डलाई हराएर विश्वकपको टिकट काटेको थियो ।

बंगलादेश नखेलेर स्कटल्यान्ड खेल्दा अब यो समूहमा ३ एसोसियट टोलीहरू भएका छन् ।

नेपाललाई कति सहज ?

बंगलादेशको स्थानमा स्कटल्यान्ड आउनु नेपालका लागि तुलनात्मक रूपमा केही फाइदाजनक छ । यद्यपी विपक्षीलाई कमजोर भने आँक्न सकिँदैन ।

स्कटल्यान्ड नेपालभन्दा माथिल्लो वरियतामा छ भने बलिया टोलीहरूलाई हराउनुका साथै चुनौती दिँदै आएको छ ।

युरोपियन छनोट पार गर्न नसकेको भएपनि स्कटल्यान्डको क्रिकेटिङ क्षमता एसोसियटमध्येकै उत्कृष्ट एक मानिन्छ ।

नेपाल र स्कटल्यान्डबीच हालसम्म टी-२०आईमा २ खेल मात्र भएका छन् जहाँ दुवै टोलीले १-१ जित निकालेका छन् । त्यसअघि सन् २०१३ मा भएको टी-२० खेलमा पनि स्कटल्यान्ड भएको थियो ।

नेपाललाई बंगषलदेशसँग खेल्नुभन्दा केही सहज भने हुनेछ । बंगलादेशलाई हालसम्म दुईपटक विश्वकपमै भेट्दा नेपालले हराउन सकेको छैन । स्कटल्यान्डलाई जित्‍ने सम्भावना केही बढी हुनेछ ।

समूह चरणबाट शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् । नेपालले समूह चरणमा इटली र स्कटल्यान्डलाई हराएर इंग्ल्यान्ड वा वेस्ट इन्डिजमध्ये एक टोलीलाई हराउन सकेमा सुपर ८ मा पुग्नेछ ।

सुपर ८ मा पुगेको अवस्थामा नेपालले आगामी टी-२० विश्वकप सिधै खेल्न पाउनेछ ।

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप २०२६ बंगलादेश क्रिकेट स्कटल्यान्ड क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय