११ माघ, कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए ।
मित्रकाेटी पाेखरामा व्यवसाय गर्छिन् । उनी पहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको तर अहिले व्यवसायमै मात्र सक्रिय रहेको विवाहमा सरिक भएका अशोक खड्काले जानकारी दिए ।
परियार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । तर अहिले उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4