+
+
Shares

गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा भेटियो ‘एमोनिया’

उद्योगमा काम गर्ने कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने गरेको भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा एमोनिया पोजिटिभ फेला परेको बताएको छ।
  • विभागले ७ माघमा मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा उक्त उद्योगमा व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने भेटिएको उल्लेख गरेको छ।
  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप परीक्षणका लागि नमुना संकलन गरिएको र उद्योगलाई मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।

११ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ ।

विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको श्रीकृष्ण बेभरेजमा यस्तो कैफियत फेला परेको हो ।

मोबाइल प्रयोगशालामा गरिएको किट परीक्षण क्रममा उक्त उद्योगको जारको पानीमा एमोनिया पोजिटिभ पाइएको विभागले जनाएको छ ।

यस्तै उद्योगमा काम गर्ने कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने गरेको भेटिएको छ ।

पानीको प्रारम्भिक परीक्षणमा कैफियत देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेको छ ।

विभागले उक्त उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ का प्रावधान पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?