News Summary
Generated by OK AI. Editorially reviewed.- आना शर्माको मुख्य भूमिका रहेको फिल्म 'रमिताको पिरती' को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
- निर्देशक सुदिप्ताले यो फिल्मलाई 'ब्रेकअप स्टोरी' भनेकी छन् जसले युवतीको दृष्टिकोणबाट प्रेम सम्बन्धको कथा प्रस्तुत गर्छ।
- गायक समीर श्रेष्ठले फिल्म करिअर सुरु गरेका छन् र धीरज मगरले हिरोइन केन्द्रित कथामा काम गरिरहेको बताएका छन्।
काठमाडौं । आना शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । युवतीको दृष्टिकोणबाट भनिएको कथाको केन्द्रमा आना देखिएकी छन् ।
जेन-जी र जेन-वाई पुस्ताले महसुस गर्न सक्ने प्रेम सम्बन्धको यो कथावस्तुमा फिल्म आधारित छ । इमान्दार र प्रतिबद्धतापूर्ण प्रेममा रहन रमिता (आना) ले खेप्नुपरेको लगातारको ब्रेकअप र धोकाको कथा यसमा छ ।
मानवीय सम्बन्धका सुक्ष्मतालाई निर्देशकले रमितामार्फत प्रस्तुत गरेको देखिन्छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । आदर्श प्रेमको खोजीमा रहेकी शीर्ष पात्रले भोग्नुपर्ने ‘विषाक्त प्रेम’ यसको केन्द्रमा छ ।
निर्देशक सुदिप्ता यो फिल्मलाई ‘लभस्टोरी’ भन्दा पनि ‘ब्रेकअप स्टोरी’ बताउँछिन् । नेपाली फिल्ममा केटाको दृष्टिकोणबाट फिल्म बनिरहेपनि युवतीको दृष्टिकोणबाट भनिएको कथाले दर्शकलाई नयाँ अनुभव हुने उनले बताइन् ।
ब्रेकअपपछि केटीको मस्तिष्कमा पर्ने असर र प्रभावको कथालाई चित्रण गरिएको उनले बताइन् । आनाले पनि यो कथामा आफूलाई प्रस्ताव आएपछि करिब ६ महिना निर्देशकसँग बसेर पात्रअनुसार आफुलाई ढालेको बताउँछिन् ।
अभिनेता धीरज मगर आफूले नायक केन्द्रित कथा भन्दा हिरोइन केन्द्रित कथाका फिल्ममा काम गरिरहेको बताउँछन् । ती मध्ये एक ‘रमिताको पिरती’ पनि रहेको उनको भनाई छ । दर्शकले आफूलाई भिन्न अवतारमा हेर्ने चाहना यो फिल्मले पूरा गर्ने मगर बताउँछन् ।
यो फिल्मबाट गायक समीर श्रेष्ठले फिल्म करिअर थाल्दैछन् । फिल्ममा विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोको पनि अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह-निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।
यो फिल्म २३ माघदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4