+
+
Shares

काठमाडौं सम्मेलनको निष्कर्ष- मिडिया साक्षरताको कमीले मिथ्या सूचनाको बाढी

मिथ्या सूचनाविरुद्ध आयोजित दुई दिने काठमाडौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते २०:३६

११ माघ, काठमाडौं । मिथ्या सूचनाविरुद्ध आयोजित दुई दिने काठमाडौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर-नेपाल) ले काठमाडौंमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको पहुँचले गर्दा मिथ्या सूचनाको बाढी लागेकाले सूचनालाई छनौट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए ।

मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको बताउँदै विज्ञहरूले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता औल्याएका छन् ।

सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीति लगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरा समेत सही नहुने अवस्था रहेको बताए ।

प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा व्यक्त गर्दै राजनीतिशास्त्री शर्माले प्रश्न सकिए मिथ्या सूचना पनि बढी फैलिने धारणा राखे ।

युनेस्कोका नेपाल प्रतिनिधि याको डू टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताए ।

उनले मिथ्या सूचनालाई न्यूनीकरण गर्न सूचनाको हक र सही सूचनाको पूर्वप्रवाहमा सरोकारवाला सबै एकठाउँमा उभिनु पर्ने र सरकार, प्रविधि, लोकतान्त्रिक शक्ति, नागरिक समाज, मिडिया, प्राज्ञिक क्षेत्र लगायत पारदर्शी र जवाफदेही हुनु पर्ने धारणा व्यक्त गरे ।

आइतवार सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा, मिडियाका भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम विषयमा तीनवटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा पनि प्यानल छलफल गरिएको थियो ।

मिथ्या सूचनाविरुद्ध पत्रकारिता शिक्षाको भूमिकासम्बन्धी, मिथ्या सूचनाविरुद्ध मिडियाको भूमिकाबारेका सत्रमा छलफल भएको थियो ।

दुई दिने सम्मेलनमा मिडिया, सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान प्रस्तुत गरिएको थियो । विज्ञ, नीति निर्माता, पत्रकार लगायतबीच विषयगत छलफल गरिएको थियो । सो सम्मेलनमा दुई दिन गरी २०० भन्दा बढीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?