News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले न्युजिल्यान्डसँगको पाँच खेलको टी-२० शृंखला दुई खेलअगावै ३-० ले आफ्नो पक्षमा पारेको छ।
- तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै १५४ रनको लक्ष्य १० ओभरमै पूरा गर्यो।
- अभिषेक शर्माले २० बलमा ६८ र सूर्यकुमार यादवले २६ बलमा ५७ रन बनाएर भारतलाई जित दिलाएका थिए।
११ माघ, काठमाडौं । भारतले न्युजिल्यान्डसँगको टी-२०आई शृंखला दुई खेलअगावै आफ्नो नाममा गरेको छ ।
आइतबार भएको तेस्रो टी-२०आई शृंखलामा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले ५ खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको हो ।
न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभरमै पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले २० बलमा ७ चौका र ५ छक्कासहित अविजित ६८ तथा सूर्यकुमार यादवले २६ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाए ।
भारतले पहिलो बलमै विकेट गुमाएको थियो । सन्जु सामसन म्याट हेनरीको पहिलो बलमै बोल्ड भएका थिए । न्युजिल्यान्डका लागि म्याट हेनरी र इश सोधीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाएका थिए । मार्क चापमानले ३२ तथा कप्तान मिचेल सान्टनरले २७ रन बनाएका थिए ।
भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्या र रवि बिश्नोइले २-२ तथा हर्षित रानाले १ विकेट लिए ।
यसअघि पहिलो खेलमा भारत ४८ रनले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया 4