+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

राष्ट्रिय झन्डाको प्रयोग गर्दा ध्यान पुर्‍याउन कांग्रेसको ५ बुँदे परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई राष्ट्रिय झन्डा प्रयोग गर्दा १० वटाभन्दा बढी झन्डा चुनाव प्रचारमा प्रयोग नगर्न अनुरोध गरेको छ।
  • उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय झन्डालाई व्यक्तिको शरीरमा ओढाउने वा ज्याकेट जस्तो प्रयोग नगर्न परिपत्रमार्फत निर्देशन दिएका छन्।
  • चुनावी कार्यक्रम स्थल र सवारी साधनमा राष्ट्रिय झन्डा पार्टीको झन्डाभन्दा माथि राख्न पार्टी पङ्क्तिलाई अनुरोध गरिएको छ।

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्‍याउन अनुरोध गरेको छ ।

निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर राष्ट्रिय झन्डा ध्यान पुर्‍याउन अनुरोध गरेका हुन् । निर्वाचन आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटाभन्दा बढी राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग नगर्न परिपत्रमा भनिएको छ ।

उपसभापति शर्माले राष्ट्रिय झन्डालाई व्यक्तिको शिर भन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउन परिपत्रमा निर्देशन दिएका छन् । ‘उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने/गर्न नदिने’ परिपत्र मार्फत भनिएको छ ।

उम्मेदवार वा प्रचारक कसैको पनि राष्ट्रिय झन्डालाई पाखुरा, कम्मर, घाँटीमा ज्याकेट वा मफलर जस्तो बनाएर बेर्ने कार्य नगर्न कांग्रेसले सुझाव दिएको छ । उपसभापति शर्माले परिपत्रमा भनेका छन्, ‘यसो गर्दा झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने ।’

चुनावी कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा पार्टीको झन्डाभन्दा माथि राखेर फहराउन पार्टी पङ्क्तिलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?