+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

मिनिरल वाटर बोकेको गाडी इन्द्रसरोवर तालमा खस्यो

इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:२३

१२ माघ, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ ।

इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।

रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेको र गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाडी मालिक ललितपुरको ललितपुर नगरपालिका-११ ‍शङ्खमुलका दिगज आमत्य, चालक गोरखा सुलीगढ गाउँपालिका-१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ का १८ वर्षीय सुजन जिम्बा सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?