+
+
Shares

विदेश पठाउने भन्दै ठगी गर्ने चार जना समातिए

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १८:२४

१२ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् ।

त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी रोमनिया पठाउने भन्दै २ लाख २५ हजार रुपैयाँ ठगीको आरोपमा समातिएका छन् ।

मकवानपुर हेटौडाकी २६ वर्षीया मनिषा अधिकारी क्यानडा पठाउने भनदै २ लाख ५० हजार ठगी आरोपमा समातिएकी छिन् ।

चितवको राप्ती नगरपालिका–३ का २७ वर्षीय सरल आचार्य युएई पठाउने भन्दै २ लचाख ६२ हजार ठगी आरोपमा पक्राउ परेका छन् ।

उनीहरू सबैलाई करबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?