+
+
Shares

टिकटकमा हिटपछि ‘मायाको गाउँ’ को गीत युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त...’ युट्युबमा सोमबार रिलिज भएको छ।
  • गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत छ।
  • फिल्मको प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ र यसमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ।

काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ ।

अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।

पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले नृत्य निर्देशन गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

प्रेमको कथावस्तु समेटिएको फिल्ममा शीतल केसी, भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदालको पनि अभिनय छ ।

कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्मस् टिमको छ । रामेश्वर हुमागाइँले खिचेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् ।

विनोद बमको पब्लिसिटी डिजाइन, पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको फिल्मको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?