+
+
Shares

निर्वाचन आचारसंहिताले रोकियो लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले निर्वाचन आचारसंहिताका कारण फागुन १, २ र ३ गते हुने भनिएको नवौं राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ।
  • प्रतिष्ठानले महाधिवेशन स्थगित गर्ने निर्णय निर्वाचन आयोगद्वारा लागू निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै गरेको विज्ञप्तिमा उल्लेख छ।
  • महाधिवेशन महोत्तरीको बर्दिबासमा आयोजना गर्ने तयारी थियो र अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको अध्यक्ष र महासचिवले जानकारी गराएका छन्।

काठमाडौं । निर्वाचन आचारसंहितालाई कारण देखाउँदै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते हुने भनिएको महाधिवेशन नहुने जनाएको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहितालाई मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गर्ने तयारी थियो । अध्यक्ष रीता थापामगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बर्दिबासमा तय गरिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिष्ठान देशभरका लोक तथा दोहोरी कलाकारको छाता संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?