+
+
Shares

अनावश्यक परीक्षण गर्न डाक्टरलाई दबाब नदिनुहोस् : स्वास्थ्य बीमा बोर्ड

सीमित स्रोतसाधनले कार्यक्रमलाई दिगो बनाउन सबैको आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
  • स्वास्थ्य बीमा कार्यक्रमले दैनिक ५० हजार नागरिकलाई सेवा प्रदान गर्दै औसत ८ करोड बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ।
  • बोर्डले अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सेवाग्राहीलाई दबाब नदिन र सेवा प्रदायकलाई निर्देशिका अनुसार मात्र उपचार निर्देशन दिन अनुरोध गरेको छ।

१३ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सार्वजनिक अपिल गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमले दैनिक ५० हजार नागरिकलाई सेवा प्रदान गरेको छ । त्यसैगरी औसत ८ करोड बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ ।

सीमित स्रोतसाधनले कार्यक्रमलाई दिगो बनाउन सबैको आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।

यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार निर्देशन दिएको छ । बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण कार्यान्वयन सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

बोर्डले लामो समयदेखि भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल लगायतका अस्पतालले सेवा बन्द गरेको छन् । सेवा सुचारू गर्न बोर्डले निरन्तर पहल गरेको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ अनुसार सञ्चालित यो कार्यक्रमले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न तथा दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ ।

सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय सुरक्षा सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अधिकतम प्रयास गरिरहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?