+
+
Shares

प्रलोपाबाट उम्मेदवार बनेपछि नेकपाबाट निष्काशित भइन् केसी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेपछि नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्काशन गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १३:१०

१४ माघ,बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेपछि नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्काशन गरेको छ।

केसी पूर्वमाओवादी केन्द्रबाट बाँके-१ मा २०७४ र २०७९ मा प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन् ।

यसपटक बाँके- १ मा पार्टीबाट टिकट नपाएपछि केसी प्रलोपाबाट उम्मेदवार बनेकी छन् ।

आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?