+
+
Shares

युक्रेनमा यात्रुवाहक रेलमाथि रूसको ड्रोन आक्रमण, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १५:२०

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मंगलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य गर्न मस्को माथि दबाब बढाउन सहयोगीहरूलाई आग्रह गरेका छन् ।

बिलोगोरोद्स्का समुदायमा, एक पुरुष र एक महिलाको आक्रमणको कारण मृत्यु भएको किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राम मार्फत जानकारी दिएका छन् ।

युक्रेन प्रहरीले पछिल्लो बयानमा मृत दम्पतीको चार वर्षीय बच्चासहित आक्रमणमा अन्य तीन जना घाइते भएको बताएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमका अनुसार मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुकासाथै पाँच जना घाइते भएका छन् ।

अमेरिकी सयोजकत्वमा गत हप्ता संयुक्त अरब इमिरेट्समा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले रूस र युक्रेनी वार्ताकारहरू बीच छलफल भएपछि धेरै युक्रेनीहरूलाई अत्यधिक चिसो र जाडोको समयमा ऊर्जा विहीन बनाउन घातक आक्रमणहरु जारी रहेको जनाइएको छ ।

जेलेन्स्कीका अनुसार अर्को चरणको वार्ताआगामी फेब्रुअरी– १ मा हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?