News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय कलाकार रोहित चौधरी निखिल उप्रेतीको फिल्म 'आचार्य' को छायांकनका लागि एक हप्तादेखि नेपालमा छन्।
- फिल्म 'आचार्य' को क्लाइमेक्स दृश्य छायांकन धमाधम भइरहेको छ र यो जेठमा प्रदर्शनमा आउने चर्चा छ।
- फिल्ममा संचिता लुइँटेल निर्मात्रीको भूमिका र भारत-नेपालको कथावस्तु समावेश छ, जसमा भारतीय कलाकार र प्राविधिक पनि छन्।
काठमाडौँ । भारतीय टिभी तथा ओटीटी श्रृंखलाका कलाकार रोहित चौधरीलाई निखिल उप्रेतीको फिल्म ‘आचार्य’ पनि देख्न पाइने भएको छ । चौधरी फिल्म छायांकनलाई एक हप्तादेखि नेपालमा छन् ।
यो फिल्ममा उनको महत्वपूर्ण रोल हुने विवरणमा जनाइएको छ । उनी अझै एक साता नेपालमा हुनेछन् ।
अहिले निखिलले आफ्नै निर्देशन र शीर्ष अभिनय रहेको फिल्मको क्लाइमेक्स दृश्यको छायांकन धमाधम गरिरहेका छन् । फिल्म जेठमा प्रदर्शनमा आउने चर्चा छ ।
यो फिल्ममा अभिनेत्री संचिता लुइँटेल निर्मात्रीको भूमिकामा छन् । यो फिल्ममा नेपाल र भारतको कथावस्तु भएकाले भारतीय कलाकार र प्राविधिक पनि जोडिएका छन् ।
हिन्दी फिल्म ‘सेइला’ सहित श्रृंखला कुमकुम भाग्य, द्रौपदी, ब्रम्हराक्षस, दिव्यदृष्टि, कयामत कि रात, प्रेम या पहेली, अतरंगी, चन्द्रकान्तालगायतमा उनी देखिएका छन् ।
निखिलले केही साता भारतका विभिन्न भूभागमा यसको छायांकन गरिसकेका छन् ।

प्रतिक्रिया 4