+
+
Shares

प्रदेश सभाको संरचना बनेन, वीरेन्द्र सभा गृहमा अधिवेशन बोलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १५:०१

१५ माघ, विराटनगर ।  कोशी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा ध्वस्त भएको थियो । सभा र सचिवालय जलेपछि विराटनगरसँगै जोडिएको कटहरीमा रहेको कृषि बजारको भवनमा प्रदेशसभा र सचिवालय सारिएको थियो । तर प्रदेशसभा बैठक आफ्नो भवनमा बस्ने छैन ।

आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार विराटनगरको वीरेन्द्रसभा गृहमा बैठक बोलाउन सिफारिस गरिएको हो ।

आफ्नो भवन तयार नभएसम्म मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी वीरेन्द्रसभा गृहमा  बैठक सञ्चालन गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?