१५ माघ, संखुवासभा । संखुवासभा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण लिएको छ ।
आचारसंहिता उल्लंघन गरेको भन्दै ३ जना कर्मचारीहरूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत सरकारी कर्मचारीले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको भन्दै तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्वल न्यौपानेले जानकारी दिए ।
आचारसंहिता उल्लंघन गर्दै दलका उम्मेदवारको सामाजिक सञ्जाल मार्फत उम्मेदवारको प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा तीन जना कर्मचारी माथि स्पष्टीकरण सोधेको उनले बताए ।
आचारसंहिता उल्लंघन गर्ने कर्मचारीको नाम भने खुलाइएको छैन ।
जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभामा तीन महिला सहित १६ जना चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4