+
+
Shares

पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु

जनकपुरधामको गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी महिलाको ज्यान गएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:२२

१५ माघ, जनकपुरधाम । जनकपुरधामको गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी महिलाको ज्यान गएको छ ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका- १ कि ४० वर्षीय उर्मिलादेवी यादवको बुधबार साँझ मृत्यु भएको हो ।

घटनापछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन् । अवस्था तनावग्रस्त भएपछि प्रहरीले मृतकका २ जना आफन्तलाई नियन्त्रणमा लिएको छ ।

मृततका भान्जा आकाश यादवका अनुसार स्त्री रोष विशेषज्ञ डा.सुरेन्द्र कर्णको सल्लाहमा आवश्यक जाँच गरी अप्रेस थिएटरमा लगिएको थियो । त्यहाँ शल्यक्रियाअघि बेहोस गर्ने क्रममा उनको मृत्यु भएको हो ।

‘समान्य अवस्थामा माइजु अप्रेसनको लगि पुग्नु भएको थियो । ल्याब जाँचको रिपोर्ट एकदम सही थियो’ यादव सुनाए । उनले साँझ ७ बजे नै मृत्यु भएको दाबी गर्दै उनले राति ९ बजे मात्र अस्पतालले मृत्युको खबर दिएको आरोप लगाए ।

अस्पताल संचालक डा. अशोक अधिकारीले पनि शल्यक्रिया गर्न लैजानुअघि गरिएको जाँचको आधारमा बिरामीको अवस्था समान्य रहेको स्वीकारे ।

‘पाठेघरको अप्रेसको लागि जाँच गर्दा सबै ठिक थियो । अप्रेसन गर्नुअघि दुईतीनवटा इन्जेक्सन दिइन्छ । ग्यासको र ओण्डेम दिँदा पेसेन्टको विपी कल्चर डाउन भयो । तुरन्त आईसीयूमा लैजाँजा बचाउन सकिएन’ संचालक अधिकारीले भने ।

उनले कुनै-कुनै बिरामीमा औषधिको कारण एलर्जी हुनसक्ने भन्दै लापरबाही भन्न नमिल्ने बताए ।

उनका अनुसार शल्यक्रियामा एनेएसथेसिया डा. रोशन साह, प्रसुतिरोग विशेषज्ञ सुरेन्द्र कर्णसहितको टोली थियो । मृतकका दुई छोराछोरी छन् ।

आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् । घटनापछि आफन्तले छानविन गरी दोषी चिकित्सकसहित अस्पतालमाथि कारबाहीको माग गर्दै क्षतिपुर्तिको भराउन भनेका छन् ।

आक्रोशित आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि दुईजनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएपी गणेश बमले जानकारी दिए ।

आफन्तजनले घटनाको छानविन र दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?