+
+
Shares

मधेश प्रदेशमा १८ माघमा सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले १८ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:५०

१५ माघ, जनकपुर । मधेश प्रदेश सरकारले १८ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार विज्ञप्ती जारी गर्दै १८ माघमा सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएका हुन् ।

१६ मंसिरको मन्त्रिपरिषद् निर्णयानुसार १८ माघमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?