+
+
Shares

महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई-६’ र ‘एक्सईभी ९-ई’ वीरगञ्जमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते २०:०७

१५ माघ, काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले वीरगञ्ज तथा क्षेत्रीय बजारका लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू (बीई-६ र एक्सईभी ९-ई) सार्वजनिक गरेको छ ।

वीरगञ्जमा यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गरिएका हुन् । सार्वजनिक समारोहमा विशेष अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, अग्नि ग्रुप उपाध्यक्ष वेदासताशा श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बंगलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकार लगायत उपस्थित थिए ।

यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्ल्याटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टिलिजेन्ट अटोमोटिभ आर्किटेक्चर ‘एमएआईए’ बाट सञ्चालित छन् । यी अत्याधुनिक ई–एसयूभीहरूको सार्वजनिकीकरणले विद्युतीय सवारीका क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्रा सुरुवात गरेको छ ।

महिन्द्रा बीई-६ र एक्सईभी ९-ईलाई सन् २०२५ अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यसयता यी गाडीले नेपाली उपभोक्ताको मन जित्दै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई थप बल दिएका छन् ।

निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फर्मेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकसाथ समेटेका यी बर्न इलेक्ट्रिक भेहिकल्सलाई सकारात्मक रूपमा लिएको छ ।

त्यसैगरी हालसालै एक्सईभी ९-ईले ‘इन्डियन कार अफ द इयर’ (आईकोटी) २०२६’ अन्तर्गत ‘ग्रिन कार अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण हो ।

यी नयाँ गाडीले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो माग ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअपलाई नेपालका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

फलस्वरूप देशभरिका प्रमुख सहरी केन्द्रमा उपत्यका बाहिरका ग्राहकले पनि विश्वस्तरीय विद्युतीय एसयूभी अनुभव लिन सक्नेछन् । हेटौंडा र चितवनपछि वीरगञ्जमा भएको यो क्षेत्रीय सार्वजनिकीकरण सोही दृष्टिकोणको एक महत्त्वपूर्ण कदम हो भने छिटै नै भैरहवा, इटहरी लगायत सहरमा पनि सार्वजनिक गर्ने योजना कम्पनीको छ ।

कम्पनीका अनुसार ‘इलेक्ट्रिक मोबिलिटीमा रूपान्तरण हुनु नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा अत्यन्त महत्त्वपूर्ण कदम हो । नेपालका क्षेत्रीय सहरहरूमा नयाँ गाडी सार्वजनिक र उपलब्ध गरिनु भनेको उन्नत प्रविधि र मोबिलिटीले कसरी दीर्घकालीन आर्थिक र वातावरणीय लाभ सिर्जना गर्न सक्छन् भन्ने देखाउँछ । अग्नि ग्रुपको देशव्यापी विशाल नेटवर्क र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता सहित देशभरिका ग्राहक समक्ष बीई-६ र एक्सईभी ९-ई लगायत विश्वस्तरीय विद्युतीय प्रविधि सार्वजनिक गरिएको हो ।

बीई-६ र एक्सईभी ९-ई दुवैले महिन्द्राको ‘हार्टकोर’ डिजाइन दर्शन झल्काउँदछ जसले बोल्ड इनोभेसनलाई भावनात्मक सौन्दर्य अपिलसँग संयोजन गर्दछ । बीई-६ मा एडभेन्चर र पर्फर्मेन्सबाट प्रेरित एथलेटिक सिलुएट (बनोट) छ भने एक्सईभी ९-ईमा परिष्कृत र लक्जरी एसयूभी कुप डिजाइन रहेको छ । दुवै एसयूभीको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने मूल उद्देश्यबाट प्रेरित छन् ।

स्पोर्टी र पर्फर्मेन्स केन्द्रित आकर्षणसहित बीई-६  ‘साहसी एक्स्प्लोरर तथा अचिभर’ व्यक्तित्वका लागि बनाइएको हो जो असम्भवलाई सम्भव बनाउन ‘बाउन्डरी पुस’ गर्न निन्तर अघि सर्दछन् ।

अर्कातर्फ एक्सईभी ९-ईले ग्राहकलाई परिष्कृत शालीनता र लक्जरी प्रदान गर्दै आराम तथा अनुभवको नयाँ मापदण्ड तय गर्दछ ।

दुवै एसयूभीले दमदार पर्फर्मेन्स प्रदान गर्दछ । अधिकांस भेरिएन्टले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीको यात्रामा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?