+

राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि

२०८२ माघ  १५ गते २०:२२ २०८२ माघ १५ गते २०:२२
राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता माघ १६ गते देखि हुनेछ ।
  • प्रतियोगिता भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा सुरु हुने छ।
  • प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

१५ माघ, काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

पुरुष-महिलामा समान ८–८ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा हुनेछ ।

१४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय