+
+
Shares
कविता :

हाँसिरहेका शहीदहरु

प्रकाशचन्द्र खतिवडा प्रकाशचन्द्र खतिवडा
२०८२ माघ १६ गते १०:१३

बन्दुक पड्कदैन

कलम गोली छाड्छ

सैतान तर्सन्छ

मृत्युको सूचना पाएपछि ।

न्याय, समानता र मुक्तिको गीत लेख्ने

मेरो कलम

विभेद र असमानताका किल्ला भत्काउँदै

आवाज विहीनहरुको आवाज मुखरित पार्छ ।

दु:खका आँसु बगिरहेछन आँखाबाट

आँसु विद्रोहको नदी बन्न सक्छ

अभावले जेलिएका छन् मान्छेहरु

बेरोजगार हातहरु उठाउ

मुठ्ठी कस

लगाउ स्वतन्त्रताको नारा

तिम्रो एकताले अंहकारको सत्ता ढल्न सक्छ ।

असमानताका खोलाहरु बगिरहेछन्

तर जङ्घार

नकमाउ तिघ्रा

समानताका भर्‍याङहरु उक्लदै

क्रान्तिको गीत गाउनु छ

तिमी त्यस्तो योद्धा हौ

तिमीले लड्नु पर्ने छ अपराजित युद्ध

ताप्नु पर्नेछ मुक्तिको घाम ।

मेरो कलम

अपहरित विश्वास फर्काउँछु भन्छ

मृत घोषित आशा व्युताई

टुटेको अस्था जोडेर

कुशासनको घोडाको लगाम तान्दै

कोर्रा हान्छ

अनि चढ्छ सुशासनको घोडा ।

मेरो कलम

लाल अक्षरमा कुँदछ शहीदहरुको गाथा

युग मरेर जाला

मर्ने छैनन् शहीदहरु

शहीदकै बलिदानी त हो रक्तरंजित झण्डा

जसलाई हामी उठाइ रहेछौ

अनि गाई रहेछौ गीत ।

मेरो कलम

रुक्ने छैन यात्रा

लेख्ने छैन सामन्तको कथा

मेरो कलम

मेरो औजार हो

अक्सर कविता लेख्छ

अक्सर कथा लेख्छ ।

तानाशाह क्रुर भएपछि

तानाशाहकै विरुद्ध

युद्ध मोर्चामा तैनाथ भै

पडकन्छ बारुद जस्तै

छाद्छ रातो रगत

लेख्छ वीरताको कथा

जहाँ शहीदहरु हाँसिरहेका हुन्छन्

मृत्युलाई पचाएर ।

~सुन्दरहरैंचा –६, दुलारी, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?