+
+
Shares

बेनिशाको फिल्म ‘द ब्लू लाइट’ को प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली थ्रीलर फिल्म 'द ब्लू लाइट' शुक्रबारदेखि प्रदर्शनमा आएको छ र प्रिमियरमा कथावाचन र प्राविधिक पक्षको प्रशंसा भएको छ।
  • निर्देशक बलिराम चौहानले कलाकारले कथालाई जीवन्त बनाएकोमा आभार व्यक्त गर्दै आम दर्शकले पनि माया गर्ने आशा व्यक्त गर्नुभयो।
  • फिल्ममा सृष्टि श्रेष्ठको खलपात्र भूमिका, दीपक आचार्यको अभिनय प्रशंसा र बेनिशा हमालले साइकोलोजिकल थ्रीलर बनाउनु चुनौतीपूर्ण भएको बताउनुभयो।

काठमाडौं । शुक्रबारदेखि ‘आबाट आमा’ सहित अर्को नेपाली फिल्म ‘द ब्लू लाइट’ पनि प्रदर्शनमा आएको छ । रिलिज पूर्वसन्ध्यामा फिल्मलाई एक हलमा प्रिमियर गरियो ।

थ्रीलर जनरामा बनेको फिल्मले प्रथम प्रदर्शनमा सुखद प्रतिक्रिया प्राप्त गरेको देखिएको छ । प्रिमियरमा फिल्म हेरेकाले यसको कथावाचन र कतिपय प्राविधिक पक्षको प्रशंसा गरेका छन् । कतिपयले फिल्मको पाश्र्वध्वनिले थ्रीलर मुडलाई अन्त्यसम्म कायम राखेको बताएका छन् । एउटै धारका फिल्म हेरेका दर्शकलाई यसले नयाँ स्वाद दिने उनीहरूको प्रतिक्रिया छ ।

अभिनय र निर्माणको पनि प्रशंसा भएको छ । खलपात्रको भूमिकामा देखिएकी सृष्टि श्रेष्ठले पनि प्रशंसा पाएकी हुन् । सम्भवतः करिअरमा पहिलोपटक सृष्टि खलपात्रको भूमिकामा देखिएकी हुन् । २०८२ सालको सुुपरहिट फिल्म ‘परान’ बाट कथानक फिल्ममा डेब्यू गरेका दीपक आचार्यले फिल्मको प्याकेजलाई उत्कृष्ट बताएका छन् । कलाकारको अभिनयले मन्त्रमुग्ध बनाउने दाबी उनको छ ।

उनले भने, ‘सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ । कथा बिल्कुलै नौलो छ । अभिनयले तपाईंलाई हलभित्र बाँधेर राख्छ ।’ अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतका सेलेब्रिटीले पनि प्राविधिक र कथावाचन शैलीलाई तारिफ गरे ।

कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘नेपालमा साइकोलोजिकल थ्रीलर बनाउनु चुनौति थियो । प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मिहेनत सफल भएको महसुस गराएको छ ।’

बेनिशाले भनिन्, ‘यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो ।’

निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘हामीले एउटा इमान्दार प्रयास गरेका छौं । प्रिमियरमा जुन लेभलको तारिफ पाइयो, हलमा आमदर्शकले पनि यसलाई त्यसरी नै माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

यो फिल्ममा अर्पण थापा, आयुश्मान जोशी, महेश त्रिपाठी र सुरक्षा इटानीको पनि शीर्ष भूमिका छ । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मको सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा छायांकार मैनाली र अभिनेत्री हमाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?