+
+
Shares

अब चर्चित टिकटक स्टार खाबी लेमको बन्नेछ ‘एआई अवतार’ भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकै चर्चित टिकटक स्टार खाबी लेमले हङकङस्थित रिच स्पार्कल होल्डिङ्ससँग ९७५ मिलियन डलर बराबरको अल-स्टक डिल गरेका छन्।

विश्वकै चर्चित टिकटक स्टार खाबी लेमले हङकङस्थित रिच स्पार्कल होल्डिङ्स नामक कम्पनीसँग झन्डै एक अर्ब डलर बराबरको व्यापारिक सम्झौता गरेका छन् । अमेरिकाबाट डिपोर्ट भएको सात महिना नपुग्दै लेमले ९७५ मिलियन डलर (करिब १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ)को ऐतिहासिक ‘अल-स्टक’ डिल गरेका हुन् ।

अल-स्टक डिलमा खरिदकर्ता कम्पनीले बिक्रेतालाई नगद पैसा दिनुको सट्टा आफ्नै कम्पनीको शेयर दिन्छ । यससँगै लेम पनि उक्त कम्पनीको प्रमुख शेयरकर्ता भएका छन् ।

अब सो कम्पनीले खाबीको अनुहार, आवाज र व्यवहारलाई एआईमा प्रयोग गर्नेछ । यसले गर्दा खाबी आफैंले भिडिओ सुट नगरे पनि उनको एआई अवतारले संसारका विभिन्न भाषामा भिडियो कन्टेन्टहरू तयार पार्नेछ । यस सम्झौताबाट वार्षिक ४ अर्ब डलर बराबरको व्यापार हुने अपेक्षा गरिएको छ ।

को हुन् खाबी लेम ?

२५ वर्षीय सेनेगली-इटालियन मूलका खाबीले सन् २०२० मा फ्याक्ट्रीको मेसिन अपरेटरको काम गुमेपछि टिकटक सुरु गरेका थिए । बिना आवाज, केवल शारीरिक हाउभाउका माध्यमबाट बनाइने टिकटकका कारण उनी एकाएक चर्चामा आएका थिए ।

अहिले टिकटकमा उनको १६ करोड बढी फलोअर्स छ । अब उनले एआई प्रविधिमार्फत ‘साइलेन्ट पार्टनर’ का रूपमा काम गर्नेछन् । उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले भने भिसा सकिएको कारण डिपोर्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?