१६ माघ, वीरगञ्ज । वीरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित आमा–बुबाहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
आश्रममा बसोबास गर्दै आएका ज्येष्ठ तथा असहाय व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको हो ।
नेपाल इनोभेटिभ सोसाइटी पर्साले आयोजना गरेको शिविरमा स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो ।
नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापासहित चिकित्सकहरू डा. निरजकुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवले आश्रितहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
चिकित्सक टोलीले शिविरमा सहभागी प्रत्येक व्यक्तिको विस्तृत स्वास्थ्य जाँच गर्दै रोगको पहिचान, उपचार विधि तथा आवश्यक सावधानीका विषयमा परामर्श प्रदान गरेका थिए ।
स्वास्थ्य जाँचका क्रममा केही सहभागीहरूमा आङ खस्ने समस्या, स्तनमा गाँठो देखिने, योनिमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी समस्या देखिएको चिकित्सक टोलीले जानकारी दिएको सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईंले जानकारी दिए ।
प्रतिक्रिया 4