१६ माघ, काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै ‘हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो ?’ भन्ने प्रश्न गरे ।
‘हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईंको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त– लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? अगामी आम निर्वाचन पछि नेपाली समाजलाई सुखि र समृद्धिको आधार दिन्छौं,’ उनको प्रश्न छ ।
नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि उनको थियो ।
‘नयाँहरूसँग केही एजेन्डा छैन । एजेन्डा भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् ? एजेन्डा भए पो आउनु । हिजो राणा कालमा ६ प्रतिशतले बिजुली पाएका थिएँ हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्याएका छौं,’ उनले भने, ‘हामीले परिवर्तन गरेका छौं । सबै सार्वजनिक विद्यालयमा आईटीको विकास गरेका छौं । भ्रष्टाचारमा शून्य शहनशीलताका साथ हामी अगाडि बढेका छौं ।’
प्रतिक्रिया 4