News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल ४८ रनले जितेको छ।
- नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनायो।
- टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ, नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
१७ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।
शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो ।
एमसीएका लागि इशान मुल्चन्दानीले सर्वाधिक ४७ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने गुल्शन झा र ललित राजवंशीले २-२ विकेट लिँदा करण केसीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । आरिफ शेखले ४२ बलमा सर्वाधिक ६६ रन बनाएर नटआउट रहे। सन्दीप जोराले ३१, आसिफ शेखले २५ तथा गुल्शन झाले २३ रन बनाएका थिए ।
नेपालले यसअघि भएको पहिलो अभ्यास खेल पनि जितेको थियो । त्यसअघि श्रीलंकामा भएको अभ्यास खेल शृंखलामा २-१ ले पराजित भएको थियो ।
नेपालले अब फेब्रुअरी ३ मा यूएई अनि फेब्रुअरी ५ मा क्यानडासँग चेन्नईमा वार्म अप खेल खेल्नेछ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4