+
+
Shares

डिजल र मट्टीतेलको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते २०:२६

१७ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

बढेपछि कायम हुने नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्ग समूहमा पर्ने क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १३६ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग समूहका क्षेत्रमा १३८ रुपैयाँ र तेस्रो वर्ग समूहका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा पुगेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् ।

दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?