News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्स उपाधि जितेका छन्।
- अल्काराजले फाइनलमा जोकोभिचलाई ३-१ को सेटमा हराउँदै उपाधि जितेका हुन्।
- अल्काराजले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६-२, ६-३ र ७-५ ले जितेका थिए।
१८ माघ, काठमाडौं । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्सतर्फ उपाधि जितेका छन् ।
आइतबार भएको फाइनलमा जोकोभिचलाई ३-१ को सेटमा हराउँदै २२ वर्षीय अल्काराजले उपाधि जितेका हुन् ।
पहिलो सेट ६-२ ले गुमाएका अल्काराजले त्यसपछि लगातार तीन सेट जिते ।
अल्काराजले दोस्रो सेट ६-२, तेस्रो सेट ६-३ अनि चौथो सेट ७-५ ले जिते ।
१० पटक फाइनल खेलेर १० पटक नै उपाधि जितेका जोकोभिच ११औं फाइनलमा भने पराजित भएका हुन् ।
अल्काराजले यो सातौं ग्रान्डस्लाम उपाधि जितेका हुन् । उनी २२ वर्षको उमेरमै चारवटै ग्रान्डस्लाम उपाधि जितेर यो उपलब्धि हासिल गर्नै विश्वकै कान्छा खेलाडी बने ।
प्रतिक्रिया 4