+

जोकोभिचलाई हराउँदै अल्काराजले जिते अस्ट्रेलियन ओपनको उपाधि

२०८२ माघ  १८ गते १७:४१ २०८२ माघ १८ गते १७:४१
जोकोभिचलाई हराउँदै अल्काराजले जिते अस्ट्रेलियन ओपनको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्स उपाधि जितेका छन्।
  • अल्काराजले फाइनलमा जोकोभिचलाई ३-१ को सेटमा हराउँदै उपाधि जितेका हुन्।
  • अल्काराजले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६-२, ६-३ र ७-५ ले जितेका थिए।

१८ माघ, काठमाडौं । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्सतर्फ उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिचलाई ३-१ को सेटमा हराउँदै २२ वर्षीय अल्काराजले उपाधि जितेका हुन् ।

पहिलो सेट ६-२ ले गुमाएका अल्काराजले त्यसपछि लगातार तीन सेट जिते ।

अल्काराजले दोस्रो सेट ६-२, तेस्रो सेट ६-३ अनि चौथो सेट ७-५ ले जिते ।

१० पटक फाइनल खेलेर १० पटक नै उपाधि जितेका जोकोभिच ११औं फाइनलमा भने पराजित भएका हुन् ।

अल्काराजले यो सातौं ग्रान्डस्लाम उपाधि जितेका हुन् । उनी २२ वर्षको उमेरमै चारवटै ग्रान्डस्लाम उपाधि जितेर यो उपलब्धि हासिल गर्नै विश्वकै कान्छा खेलाडी बने ।

अस्ट्रेलियन ओपन टेनिस कार्लोस अल्कारेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय