+
+
Shares

फेरि एकसाथ राजेश-करिश्मा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १५:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश हमाल र करिश्मा मानन्धरले दुई वर्षपछि नयाँ म्युजिक भिडियो 'सलल फूलको थुंगा' मा सहकार्य गरेका छन्।
  • करिश्माले सामाजिक सञ्जालमा 'धेरैपछिको भेटघाट' भन्दै हमालसँगको छायांकनका फोटोहरू सार्वजनिक गरेकी छन्।
  • देवेन्द्र पान्डेको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा यी दुई वरिष्ठ कलाकारलाई देख्न पाइनेछ।

काठमाडौं । राजेश हमाल र करिश्मा मानन्धर लोकप्रिय अनस्क्रिन जोडीको रुपमा दर्शकमाझ परिचित छन् । उनीहरूलाई पर्दामा एकसाथ हेर्न पनि दर्शक सँधै उत्सुक हुने गर्छन् ।

दर्जनौं फिल्ममा सहकार्य गरेर यी दुईले दर्शकलाई हिट फिल्म दिए । राजेश-करिश्माले पछिल्लोपटक सन् २०१३ को फिल्म ‘किन किन’ मा जोडीको रुपमा सहकार्य गरेका थिए । करिश्मा प्रस्तुतकर्ता रहेको सन् २०१६ को फिल्म ‘फागु’ मा हमाल कलाकारको रुपमा थिए ।

ठूलो पर्दामा नभएपनि म्युजिक भिडियोमा यी दुईजना वरिष्ठ कलाकार एकसाथ देखिँदै आएका छन् । दुईवर्षअघि उनीहरू एउटा म्युजिक भिडियोमा देखिएका थिए । उनीहरूको अभिनय रहेको नयाँ म्युजिक भिडियोको छायांकन केही दिनअघि सकिएको छ ।

देवेन्द्र पान्डेको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘सलल फूलको थुंगा’ मा यी दुईजनालाई देख्न पाइनेछ । करिश्माले सामाजिक सञ्जालबाट समेत यसको जानकारी दिएकी छन् । ‘धेरैपछिको भेटघाट’ भन्दै उनले हमाल र आफ्नो छायांकनका फोटोहरू सार्वजनिक गरेकी छन् ।

‘पुरानो साथीसँग लामो समयपछि काम गर्दा उत्साहित भएँ’ करिश्माले यो म्युजिक भिडियोबारे भनिन्, ‘म्युजिक भिडियोमा भएपनि हामी २ वर्षपछि फर्किएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?