+
+
Shares

विदेशी विनिमय सञ्चिति साढे ३२ खर्ब, १८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशत वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको जनाएको छ।
  • अमेरिकी डलरमा सञ्चितिमा १५.२ प्रतिशत वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ भने राष्ट्र बैंकमा रहेको सञ्चितिमा १९.४ प्रतिशत वृद्धि देखिएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूमा ३६.२ प्रतिशत वृद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ र सञ्चितिले २१.४ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ।

१९ माघ, काठमाडौं । विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चितिमा ३६.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।

२०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति चालु आव पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ ।

२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

हालको सञ्चिति नेपालको आर्थिक इतिहासमै निकै बलियो स्थितिमा देखिएको छ । २०८२/८३ पहिलो ६ महिनाको आयात आधार मान्दा अहिलेको सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ र ४०.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?