News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लालोम विधा सोमबार सम्पन्न भयो।
- राफ्ट स्लोलाम विधाको फाइनलमा नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) ले १७२.३८ सेकेन्डमा ३०० पूर्णांकसहित पहिलो स्थान हासिल गर्यो।
- प्रतियोगितामा १२ व्यावसायिक टोलीले भाग लिएका थिए र ओभरअल फाइनल मंगलबार हुने आयोजकले जनाएको छ।
१९ माघ, काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ ।
राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा १७५.८५ सेकेन्डको समयसहित प्याडल नेपाल ‘बी’ दोस्रो र १८४.७९ सेकेन्डमा दूरी पार गर्दै भोटेकोशी एड्भेन्चर क्लब ‘ए’ तेस्रो हुन सफल भए । दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २७६ र २५८ अंक प्राप्त गरेका छन् ।
कुल १२ वटा व्यावसायिक टोलीहरूले प्रतिस्पर्धा गरेको यस च्याम्पियनसिपमा र्याफ्टिङ एड्भेन्चर नेपाल चौथो र नेपाल कायक क्लब पाँचौं स्थानमा रहे ।
प्रतियोगिताको सम्पूर्ण विधाको ओभरअल फाइनल मंगलबार हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4