+
+
Shares

एमालेको प्रचार गीतमा अभिनय गरेकी स्मारिकाले किन मागिन् माफी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १२:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा टिकटकर स्मारिका ढकालले 'एमाले हुँ म, मलाई एमाले मनपर्छ' बोलको म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।
  • भिडियोको एक क्लिप टिकटकमा भाइरल भएपछि स्मारिकालाई गाली गरिएको छ र उनले माफी मागेकी छन्।
  • स्मारिकाले आफू कुनै दलसँग आबद्ध नभएको र जानीजानी गल्ती भएको बताउँदै प्रशंसकलाई गाली नगर्न आग्रह गरेकी छन्।

काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकाल केही दिनयता चर्चामा छिन् । यो चर्चा उनी अभिनित एक म्युजिक भिडियोलाई लिएर भैरहेको हो । रिलिज नभैसकेको उक्त भिडियोलाई लिएर उनले प्रष्टीकरण दिनुपरेको छ ।

उनले हालै ‘एमाले हुँ म, मलाई एमाले मनपर्छ’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । भिडियो छायांकन बेलाको एक क्लिप अहिले टिकटकमा भाइरल छ । त्यो क्लिपलाई लिएर स्मारिकालाई टिकटक प्रयोगकर्ताले गाली गरिरहेका छन् ।

क्लिप भाइरल भएपछि स्मारिकाले भिडियो सार्वजनिक गर्दै उक्त भिडियो गरेकोमा माफी मागेकी छन् ।

त्यहाँ उनले भनेकी छिन्, ‘मैले एकदम ठूलो गल्ती गरेँ । हजुरहरूले मलाई गाली गर्नुहुन्छ भन्ने मलाई थाहा छ । अहिले रिग्रेट भइरहेको छ । कहिलेकाहीँ मान्छेबाट गल्ती हुँदो रहेछ ।’

‘अहिले मैले जुन टिमसँग काम गरेकी छु, उहाँहरू मैले पहिला पनि काम गरेको टीम हो । त्यसैले उहाँहरुले बोलाएपछि म गएँ । गीत एमालेको रहेछ । मैले मेकअप गरिसकेपछि मात्र पाएँ’ उनले भनेकी छन् ।

यदि उक्त भिडियो सार्वजनिक भएपछि आफूलाई गाली नगर्न समेत उनले प्रशंसकलाई आग्रह गरेकी छन् । उनले आफू कुनै दलसँग आबद्ध नभएको समेत बताएकी छन् ।

‘मैले हटाउनु भन्दा पनि उहाँहरूले हटाइदिनुहुन्न । मैले अब के चाहिँ गर्ने ? म केही गर्नै सक्दिनँ । त्यही भएर मलाई माफ गरिदिनु । कोही पनि नरिसाउनु । मैले जानीजानी गरेको होइन । जानीजानी त हो तर अब के भन्नु’ उनले भनेकी छन् ।

स्मारिका झापा ५ निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?