+

विश्व मार्सल आर्ट्स कन्भेन्सनमा डंगोल सहभागी

२०८२ माघ  २० गते १३:१३ २०८२ माघ २० गते १३:१३
विश्व मार्सल आर्ट्स कन्भेन्सनमा डंगोल सहभागी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष डंगोलले अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भएर राष्ट्रिय निर्णायकको लाईसेन्स हासिल गरेका छन्।
  • कार्यक्रममा मार्सल आर्ट्सको विकास, नयाँ नियम, प्रविधि र प्रतियोगिता व्यवस्थापन सम्बन्धी तालिम तथा सेसन सञ्चालन गरिएको थियो।
  • विश्व मार्सल आर्ट्स कमिटीले नेपालमा मार्सल आर्ट्सको विकासमा डंगोलको योगदानको कदर गर्दै सम्मान गरेको छ।

२० माघ, काठमाडौं । डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आट्र्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भइ स्वदेश फर्किएका छन् ।

ब्रेगेन्जस्थित डब्लुएमएसीको प्रधान कार्यलय र होटल लाममा कन्भेन्सनमा मार्सल आट्र्सको विकास र प्रवर्द्धन, प्रतियोगिताको नयाँ नियम र प्रणाली, प्रतियोगिता तथा खेलाडी दर्ता सम्बन्धी विकसित नयाँ प्रविधि, प्रतियोगिता व्यवस्थापन, आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा तालिम तथा सेसन सञ्‍चालन गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन अन्तर्राष्ट्रिय रेफ्री तालिम तथा परिक्षा सञ्चालन गरिएको थियो । त्यसमा डंगोलले एमएमए र किकबक्सिङको रेफ्री तालिममा सहभागी भएका थिए । परीक्षा उत्तीर्ण गरी राष्ट्रिय निर्णायकको लाईसेन्स समेत हासिल गरेको डंगोलले बताए ।

कन्भेन्सनकै क्रममा बसेको राष्ट्रिय अध्यक्षहरुको बैठकमा डंगोलले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै डब्लुएमएसी नेपालको आगामी योजना समेत प्रस्तुत गरेको जनाइएको छ ।

नेपालमा मार्सल आर्ट्सको विकास र प्रवर्द्धनका निम्ति पुर्‍याएको योगदानको कदर गर्दै विश्व मार्सल आर्ट्स कमिटीले डंगोललाई सम्मान समेत गरेको बताइएको छ ।

विश्व मार्सल आर्ट्स कन्भेन्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय