+
+
Shares

मधेशका अधिकार खोस्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशले पाएका उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्।
  • उहाँले मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकको हकअधिकार सुनिश्चित भएको र थप अधिकारका लागि संघर्ष आवश्यक रहेको बताए ।
  • यादवले मतदातालाई झुठा आश्वासन दिने र विकास नगर्ने नेताहरुलाई प्रश्न गर्न आग्रह गरे ।

२० माघ, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशले पाएका उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

मधेश विद्रोहका कारण प्राप्त भएका अधिकारहरू खोस्नकै लागि विभिन्न शक्तिहरू मधेशमा सक्रिय भइरहेको उनको भनाइ छ ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा उनले भने, ‘हामीले लडेरै मधेशीलगायत नागरिकताविहीनलाई नागरिकता दिलायौँ । लडेरै पहिचानको आधारमा मधेश प्रदेश बनायौँ । ती उपलब्धीहरूलाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘ती अधिकारको रक्षा गर्दै थप अधिकारका लागि आगामी निर्वाचनबाट जसपा नेपाल थप मजबुत भएर उदाउनुपर्छ ।’

अधिकार, पहिचान, स्वाभिमानसँगै विकासका लागि संघर्ष गर्ने नेता चुन्न उनले मतदातासमक्ष आग्रह गरे ।

मधेश विद्रोहकै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकलगायत पछाडि परेका समुदायको हकअधिकार सुनिश्चित भएको चर्चा गर्दै अध्यक्ष यादवले अब बाँकी अधिकारसँगै विकासका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।

विगतमा चुनावका बेला झुठा आश्वासन बाँड्ने र चुनाव जितेर गएपछि बेवास्ता गर्नेहरूलाई मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए ।

‘चुनावका बेला मिठा कुरा र झुठा आश्वासन बाँड्नेहरूलाई सोध्नुहोला– चुनाव जितेपछि क्षेत्रको विकास किन भएन ?’

अस्पताल, विद्यालय, रोजगारी, पक्की सडक, सिंचाइ, मलखादलगायतका समस्याहरू समाधान गर्ने आश्वासन दिएर न केही नगर्ने पार्टी र नेतालाई चिन्न उनको आग्रह छ ।

सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका यादवले राम्रा र जिम्मेवार नेता चुन्न नसकेका कारण क्षेत्र तथा जिल्लाको विकास हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?