News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा २० माघ दशरथ रंगशालमा गोलरहित बराबरी खेले।
- मनाङले ६ खेलमा पहिलो पटक बराबरी खेलेको हो र ७ अंकसहित आठौं स्थानमा उक्लिएको छ।
- संकटाले ६ खेलमा १ जित, ३ बराबरी र २ हारबाट ६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।
२० माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा मंगलबार बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मनाङ र संकटाले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
मनाङको यो ६ खेलमा पहिलो बराबरी हो । सुरुवाती तीन खेलमा लगातार पराजित भएको मनाङले त्यसपछि लगातार दुई खेल जित्दै लय लिएको थियो ।
६ खेलबाट ७ अंक जोडेको मनाङ मर्स्याङ्दी आठौ स्थानमै उक्लेको छ ।
संकटाको भने ६ खेलमा यो तेस्रो बराबरी हो । ६ खेलमा १ जित ३ बराबरी र २ हारबाट ६ अंक जोडेको संकटा नवौं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4