+

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल र बास्केटबल प्रतियोगिता पनि हुने

२०८२ माघ  २० गते २१:२१ २०८२ माघ २० गते २१:२१
घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल र बास्केटबल प्रतियोगिता पनि हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँडले फागुन ६ देखि ९ गतेसम्म घान्द्रुकमा पर्यटन महोत्सव आयोजना गर्ने जानकारी दिएका छन्।
  • महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल, राष्ट्रव्यापी बास्केटबल, घोडा दौड, रस्साकस्सी लगायत खेलकुद प्रतियोगिता हुनेछन्।
  • पर्यटकलाई १५ प्रतिशत छुट दिइनेछ र महोत्सव सफल बनाउन १९ लाख रुपैयाँ च्यारिटी डिनरबाट संकलन गरिएको छ।

२० माघ, पोखरा । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा कास्कीको उत्तरी क्षेत्रस्थित अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव’ हुने भएको छ ।

पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी फागुन ६ देखि ९ गतेसम्म मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव हुने जानकारी दिएको हो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता पनि आयोजना गर्ने जानकारी दिए । गुरुङका अनुसार घोडा दौड प्रतियोगिता, भेडाको साँड जुडाई प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायत आयोजना हुनेछ ।

महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६६६, उपविजेताले १ लाख ११ हजार १११ र तृतीय हुनेले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १११, दोस्रो हुनेले ४० हजार ४४४, तृतीय हुनेले २० हजार २२२,चौथो हुनेले ११ हजार, पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६६६, उपविजेताले ७ हजार ४४४ र तृतीय हुनेले ३ हजार ४४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६६६ र उपविजेताले ६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १११ र उपविजेताले ५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेडाको साँड जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार, तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पर्यटकलाई विशेष छुट

रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता घान्द्रुक पर्यटन महोत्सव गर्दै आएको बताए ।

‘घान्द्रुकमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ६ देखि ९ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथ महोत्सव आयोजना गर्न लागिएको हो ।’

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको बताए । ‘घान्द्रुकमा हामीले एकैदिन २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल तथा होमस्टे रहेका छन्, अध्यक्ष गुरुङले भने, ‘महोत्सव अवधीभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट दिन्छौं ।’

रोधीं क्लब कोँड (घान्द्रुक)का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवद्र्दन गर्न मद्दत पुग्ने बताए । ‘घान्द्रुक ढुङ्गेनी गाउँको नामले पनि परिचित छ, घान्द्रुकका कला संस्कृति, रीतिरिवाज बचाई राख्न महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छौं’ अध्यक्ष गुरुङले भने ।

महोत्सव सफल बनाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)ले पोखरा र घान्द्रुकमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।

घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

घान्द्रुक पर्यटन महोत्सव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय