News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ।
- सेमिफाइनल दोस्रो लेगमा आर्सनलले चेल्सीलाई १-० ले हराएको थियो र पहिलो लेग ३-२ ले जितेको थियो।
- आर्सनलले अब म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग फाइनल खेल्नेछ।
काठमाडौं । लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीलाई १-० ले पराजित गरेपछि आर्सनलले समग्रमा ४-२ को नतिजा निकालेको हो । पहिलो लेगको खेल आर्सनलले ३-२ ले जितेको थियो ।
आर्सनलले जित दिलाउन काइ हाभार्टले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेका थिए ।
आर्सनलले अब उपाधिका म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया 4