+
+
Shares

अर्घाखाँचीका २५ वटा मतदानस्थल अतिसंवेदनशील

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ११:३२

२१ माघ, काठमाडौं । अर्घाखाँचीका २५ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी २५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लामा रहेका कुल १०२ मतदानस्थलमध्ये ३७ वटा संवेदनशील र ४० वटा सामान्य सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराइले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १०२ मतदान स्थलमा यसपटक २०९ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा अर्घाखाँचीबाट एक लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन् । विभिन्न १२ राजनैतिक दल र ३ जना स्वतन्त्र गरि १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

-प्रेमनारायण आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?