+
+
Shares

कपडा सुकाउन छतमा गएको मौका छोपी बौद्धमा १ करोडका गरगहना चोरी

काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १४:०८
प्रतीकात्मक तस्वीर

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।

टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

मंगलबार दिउँसो उक्त घरबाट चोरी भएको हो । दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको पाइएको एसएसपी खड्काले बताए ।

‘कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने कुरा आएको छ । त्यही मौकामा चोरी भएको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।

अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यो घटनाको अनुसन्धान अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?