News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको कांक्रेविहा क्लबले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीसँग २-२ को बराबरी गर्दै पहिलो अंक जोडेको छ ।
- कांक्रेविहारले ६ खेलबाट १ अंक जोड्दै अंकतालिकामा १६औं स्थानमा रहेको छ ।
- सन्दिप देउबाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै कांक्रेविहारलाई हारबाट बचाएका थिए ।
२१ माघ, काठमाडौं । सुर्खेतको कांक्रेविहा क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
लगातार पाँच खेलमा पराजित भएको कांक्रेविहारले बुधबार एन्फा कम्प्लेक्स मैदानमा चित्लाङ एफसी २-२ को बराबरीमा रोक्दै एक अंक जोडेको हो ।
पहिलो बरापछि कांक्रेविहारले अंकको खात खोलेको छ । ६ खेलबाट १ अंक जोडेको कांक्रेविहार अंकतालिकामा १६औं स्थानमै छ । अब बाराको नव जनजागृति मात्र अंकविहिन छ ।
भरत नागलकले २९औं मिनेटमा गोल गर्दै कांक्रेविहारला२ सुरुवाती अग्रता दिलाएका थिए । तर चित्लाङले पुनरागमन गर्दै लगातार दुई गोल गरेको थियो । चेतन कुमार थारुले ७६औं मिनेटमा चित्लाङका लागि बराबरी गोल गरे । आरोन थापाले ८६औं मिनेटमा गोल गरेपछि चित्लाङले २-१ को अग्रता बनाउँदै जित नजिक पुगेको थियो । तर सन्दिप देउबाले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै कांक्रेविहारको हार्दै टार्दै १ अंक दिलाउन मदत गरे ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4