+
+
Shares

कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा १.९ गुणा बढी आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:५१

२१ माघ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले निष्कासन गरेको ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट सम्पन्न भएको छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो । ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली पूँजीबजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षण प्रतिविम्बित गर्दछ ।

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ता (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि १२ देखि १५ माघसम्म निष्कासन तथा बिक्री खुला गरिएकोमा उक्त अवधिभरि विभिन्न संघसंस्था मार्फत उत्साहजनक सहभागिता रहेको छ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?