+
+
Shares

दक्षिण सुडानको अस्पतालमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १४:४४

डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ ।

आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामग्रीहरू गुमाएको एमएसएफले बताएको छ ।

दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र सशस्त्र दल भएको संगठनले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण सुडानमा महिनौँदेखि चलिरहेको द्वन्द्वले देशमा गृहयुद्धको पुनरुत्थानको डर बढाएको छ ।

इथियोपियाको सिमानामा देशको पूर्वमा अवस्थित जोङ्लेईमा टुलो लडाइँ भएको छ, जहाँ सरकारी फौजले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुहरूको आक्रमण रोक्न खोजिरहेका छन् ।

लन्किएनको अस्पतालमा भएको हवाई आक्रमणमा यसका एक जना स्टापलाई सामान्य चोट लागेको संगठनले बताएको छ । सम्भावित आक्रमणको सूचना पाएपछि केही घण्टा अघि नै अस्पताल खाली गरी बिरामीहरूलाई डिस्चार्ज गरिएको जनाइएको छ ।

गत महिना दक्षिण सुडानको सेनाले संयुक्त राष्ट्रसङ्घीय मिसन र परोपकारी संस्थाहरूका नागरिक र कर्मचारीहरूलाई विपक्षी शक्तिहरू विरुद्धको कारबाही अघि जोङ्लेई राज्यका तिनवटा काउन्टीहरू खाली गर्न आदेश दिएको थियो ।

हालैको लडाइँका कारण जोङ्लेईमा कम्तीमा एक लाख ८० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।

सन् २०१३–२०१८ मा दक्षिण सुडानमा भएको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?