२३ माघ, काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना चुनिन्छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगको विवरणअनुसार प्रत्यक्षतर्फ पीएचडी गरेका ५५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । ५५ जनामध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् ।
पीएचडी गरेका स्वतन्त्र उम्मेदवारहरू हुन्– डा. युवराज संग्रौला (झापा–२), डा. राजकुमार राई (खोटाङ), डा. देवराज रोका (उदयपुर–१), डा. शम्भु पोखरेल (काठमाडौं–१), डा. सुरेशकुमार ढुंगाना (काठमाडौं–३), डा. पञ्चकुमारी मानन्धर (काठमाडौं–९), डा. धर्मराज बोहरा (ललितपुर–१), डा. अशोककुमार महर्जन (ललितपुर–३), डा. विजु श्रेष्ठ (सिन्धुपाल्चोक–२), डा. निरञ्जन कोइराला (कास्की–२) रहेका छन् ।
पीएचडी गरेका ४५ जना दलीय उम्मेदवार छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ९ जना छन् । जसमा डा. स्वर्णिम वाग्ले (तनहुँ–१), डा. ऋषिधन थुलुङ राई (सोलुखुम्बु), डा. कृष्णहरि बुढाथोकी (रामेछाप), डा. अशोककुमार सिंह (सर्लाही–४), डा. विक्रम तिमिल्सिना (नुवाकोट–१), डा. अच्युतम लामिछाने (नुवाकोट–२), डा. धनन्जय रेग्मी (स्याङ्जा–१), डा. आनन्दबहादुर चन्द (कैलाली–५) र डा. ताराप्रसाद जोशी (डडेलधुरा–१) छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट पीएचडी गरेका उम्मेदवारको संख्या ६ छ । उनीहरू हुन्– डा. देउमान सम्वाह (मोरङ–३), डा. कृष्णराज पन्त (चितवन–१), डा. सोमबहादुर थापा (तनहुँ–२), डा. दीपेन्द्र रोकाया (हुम्ला), डा. भीमबहादुर रावल (अछाम–१) र डा. माधवप्रसाद पन्त (कञ्चनपुर–२) ।
नेपाली कांग्रेसबाट ५ जना पीएचडी हासिल गरेका उम्मेदवार छन् । डा. मुकेशराज काफ्ले (महोत्तरी–१), डा. प्रकाशशरण महत (नुवाकोट–१), डा. चन्द्रकान्त भण्डारी (गुल्मी–१), डा. सुदनकुमार वली (रोल्पा) र डा. गोविन्दराज पोखरेल (प्युठान–१) कांग्रेसबाट उम्मेदवार छन् ।
नेकपा एमालेबाट पीएचडी गरेका चार जना उम्मेदवार छन् । ती हुन्– डा. अर्जुनकुमार कार्की (संखुवासभा), डा. अजयक्रान्ति शाक्य (काठमाडौं–९) र डा. राजन भट्टराई (काठमाडौं-४) र दीपक प्रसाद भट्ट (कञ्चनपुर-३)
जनता समाजवादी पार्टी नेपालले पीएचडी प्राप्त गरेका चार जनालाई उम्मेदवार बनाएको छ । जसअन्तर्गत डा. वाँवी सिंह (सप्तरी–४), डा. कृष्णचन्द्र प्रसाद साह (धनुषा–४), डा. जयप्रकाश राय (सर्लाही–३) र डा. कृपासिन्धु प्रसाद (पर्सा–४) रहेका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउत आफैँ पीएचडी डाक्टर हुन् । उनी सप्तरी–२ बाट उम्मेदवार छन् । यसबाहेक जनमत पार्टीबट पीएचडी प्राप्त गरेका डा. वीरेन्द्रप्रसाद महतो सिरहा–४ र डा. सुरेन्द्रप्रसाद यादव धनुषा–२ मा उम्मेदवार छन् ।

उज्यालो नेपाल पार्टीबाट पीएचडी गरेका दुई जना उम्मेदवार छन् । ती उम्मेदवारहरूमा डा. विजय कँडेल (नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१) र डा. दीपक चौधरी (सप्तरी–२) हुन् ।
श्रम संस्कृति पार्टीबाट पनि पीएचडी गरेका दुई जना उम्मेदवार छन् । उनीहरू हुन्– डा. उद्धवकुमार राई (ओखलढुंगा–१) र डा. धनबहादुर श्रेष्ठ (काठमाडौं–१०) ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पीएचडी गरेका उम्मेदवार काठमाडौं–३ मा डा. सुन्दरराम बोहरा र डा. सिन्धुली–२ मा मुकुन्दप्रसाद गजुरेल रहेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि पीएचडी प्राप्त गरेका दुई जनालाई उम्मेदवार बनाएको छ, डा. शेखर अर्याल (काठमाडौं–३) र डा. श्रीबहादुर कुवर (रुपन्देही–१) ।
रुपन्देही–२ मा नेसनल रिपब्लिक नेपालबाट डा. थम्मनबहादुर बुढा उम्मेदवार छन् । उनी पीएचडीको उपाधि प्राप्त व्यक्ति हुन् ।
मितेरी पार्टीबाट सुनसरी–१ का उम्मेदवार डा. रक्षकुमार राई पनि पीएचडी प्राप्त हुन् । धनुषा–३ मा राष्ट्रिय मुक्ति पार्टीले पीएचडी प्राप्त डा. राजीवकुमार झालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया 4